नियम २१
समन्वय र सहकार्य
: (१) खेलकुद पूर्वाधारहरुको विकास, व्यवस्थापन र प्रतियोगिता सञ्चालन गर्दा स्थानीय तहले प्रदेश सरकारसँग, प्रदेश सरकारले मन्त्रालय, परिषद् र सम्बन्धित खेल सङ्घसँग समन्वय गर्नु पर्नेछ।
(२) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको तयारीका लागि सञ्चालन गरिने खेलाडी प्रशिक्षण कार्यलाई एकरुपताका लागि केन्द्रीय प्रशिक्षण प्रणाली अन्तर्गत सङ्घ, प्रदेश र स्थानीय स्तर, ओलम्पिक कमिटी, पारा ओलम्पिक कमिटी, विशेष ओलम्पिक कमिटी र सम्बन्धित खेल सङ्घसँग समन्वय गरी सञ्चालन गर्नु पर्नेछ। (३) अन्तर्राष्ट्रिय प्रतियोगिता तथा बृहत खेलकुद आयोजनाका लागि ओलम्पिक कमिटी, पारा ओलम्पिक कमिटी, विशेष ओलम्पिक कमिटी र सम्बन्धित खेल सङ्घसँग समन्वय गरी स्थानीयस्तरको प्रतियोगिता स्थानीय तहले; जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगिता प्रदेशले र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता परिषद्ले गर्नेछ।
(४) परिषद्ले राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा सम्बन्धित खेल सङ्घ, प्रदेश तथा स्थानीय तहमा आवश्यक समन्वय तथा सहकार्य गर्नु पर्नेछ।
(५) परिषद्ले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा ओलम्पिक कमिटी, पारा ओलम्पिक कमिटी, विशेष ओलम्पिक कमिटी, सम्बन्धित खेल सङ्घ, प्रदेश तथा स्थानीय तहमा आवश्यक समन्वय तथा सहकार्य गर्नु पर्नेछ।
(६) उपनियम: (५) बमोजिमको कार्यमा ओलम्पिक कमिटी, पारा ओलम्पिक कमिटी, विशेष ओलम्पिक कमिटी, सम्बन्धित खेल सङ्घ, स्थानीय तह तथा प्रदेशले परिषद्लाई आवश्यक सहयोग र सहकार्य गर्नु पर्नेछ।
(७) स्थानीय तह र प्रदेशले आफ्नो खेल गतिविधि सम्बन्धी वार्षिक कार्य तालिकाको जानकारी परिषद्लाई गराउनु पर्नेछ।
(४) परिषद्ले स्थानीय तह र प्रदेशको खेल गतिविधि समेतसमावेश गरी खेलकुद सम्बन्धी वार्षिक कार्य तालिका बनाई स्थानीय तह र प्रदेशलाई समयमा नै उपलब्ध गराउनु पर्नछ।
(९) खेलकुद पूर्वाधारहरुको निर्माण, उपयोग, सञ्चालन, मर्मत सम्भार तथा व्यवस्थापन सम्बन्धी कार्यको लागि स्थानीय तह, प्रदेश तथा परिषद्ले एक आपसमा तय भएको सर्त तथा मापदण्ड बमोजिमको समझदारी गरी सम्झौता गर्न सक्नेछ।